Connect IPS
IME Life

लक्ष्मी बैंकको अधिकांश सूचकमा प्रगति, नाफा ४० करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले पहिलो त्रैमाससम्ममा ४० करोड १९ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३० करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरण योग्य नाफा १९ करोड ९० लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ८ दशमलव ५० प्रतिशतले बढेर ८ अर्ब ९२ करोड रुपैयामँ पुगेको छ ।

Prabhu
Crest

त्यस्तै, असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानीपनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले ८६ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले सञ्चालन नाफामा पनि बृद्धि गर्न सफल भएको छ । यस अवधिसम्म आइपुग्दा बैंकले ५८ करोड ९६ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधीको तुलनामा बैंकको संचालन नाफा २६ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले निक्षेप संकलन र कर्जा लगानीमा समे्त क्रमश बृद्धि गरेको छ । यस अवधिसम्म बैंकले निक्षेप संकलनमा १९ प्रतिशतले बृद्धि गरेको छ भने कर्जा लगानीमा २१ प्रतिशतले बृद्धि गरेको छ ।

त्यसैगरी प्रतिसेयर आम्दानी ३ रुपैयाँ २८ पैसाले बढेर १८ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ९४ पैसा रहेको छ । खराब कर्जा १ दशमालव ०४ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS