काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको बन्दीपुर गाँउपालिका वडा नं. २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले १५० वटा शाखा, ३० वटा राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ग्रहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा बिना धितो रु. १५ लाखसम्मको प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अस्ट्रेलिया , बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।