Connect IPS
IME Life

सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंक ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले कार्तिक २० गतेदेखि ऋणपत्र निष्काशन गरेको थियो । उक्त ऋणपत्र छिटोमा बिक्रि बन्द हुने दिन कार्तिक २४ गतेसम्म पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको जनाएको छ । अब लगानीकर्ताले मङ्सिर १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । ७ बर्षे अवधिको यस ऋणपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी वार्षिक १०.२५ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest

ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम तीन लाख कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ ।

बैंकले १२ लाख कित्ता बराबरको एक अर्ब बिस करोडको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्ने छ । बाँकि १८ लाख कित्ता बराबरको एक अर्ब अस्सी करोडको ऋणपत्र परिपत्र विधि अर्थात् प्राइभेट प्लेसमेन्ट बाट संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ । जसमध्ये ६० हजार कित्ता सामुहिक लगनी कोषलाई छुट्याएको छ ।

यस ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । ऋणपत्रले केयर एनपी ए माइनसको रेटिङ पाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS