काठमाडौं । एनएमबि बैंकको संचालमा रवि शंकर सैंजु र सुनीती श्रेष्ठ नियुक्त भएका छन् । कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त रहेको संचालक पदमा दुई जनालाई नियुक्त गरेको जनाएको छ ।
कम्पनीले रिक्त सञ्चालक पदमा बाँकी अवधिसम्म्का लागि कोटेश्वरका सैंजु र नयाँ बानेश्वरका श्रेष्ठलाई नियुक्त गरेको हो ।