Connect IPS
IME Life

कालिका र जनसेवीको विषेश साधारण सभा आज, एक आपसमा गाभिने मुख्य एजेन्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिका र जनसेवी लघुवित्त वित्तीय संस्थाले आज सोमबार एकै दिन विशेष साधारण सभा बोलाएका छन् । दुवै संस्थाले मर्ज सम्बन्धी प्रस्ताव पारित गर्न विशेष सभा बोलाएका हुन् । सभामा दुवै कम्पनी एक आपसमा गाभिने मुख्य एजेन्डा रहेको छ ।

कालिकाको सभा द जंगल रेष्टुरेन्टको सभाहल, वालिङ स्याङ्जा मा बिहान ११ बजे सुरु हुँदैछ । त्यस्तै, जनसेवीको सभा होटल बेञ्जुको सभाहल, कुस्मा पर्वतमा बिहान ११ बजे नै सुरु हुनेछ ।

Prabhu
Crest

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा छ । सभाले मर्ज सम्बन्धी अन्तिम सम्झौता पत्र तथा अन्य सम्झौताहरुको अनुमोदन पनि गर्नेछ ।

एक्विजिसनपछि जारी तथा चुक्ता पुँजी र सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ ।

मर्जपछि कम्पनीको नाम जनकालिका लघुवित्त कायम हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS