IME Life New

चौतारी लघुवित्तद्धारा ५७ शाखा प्रबन्धकलाई ब्यवस्थापन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । चौतारी लघुवित्त बित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवलको आयोजनामा शाखा ब्यवस्थापन तालिम सम्पन्न भएको छ । शाखा प्रबन्धकहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले २ दिने शाखा ब्यवस्थापन तालिम संचालन गरिएको संस्थाले जनाएको छ । उक्त तालिमको उदघाट्न प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले गरेका हुन् ।

Esewa
Crest

उक्त तालिममा विभिन्न १५ जिल्लाका ५७ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै, संस्थाका प्रमुख कार्यकारी अधिकृत घिमिरेले यस्ता तालिमले कर्मचारीहरुको दक्षता विकास भई संस्थागत लक्ष्य हासिल गर्न उर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा विकास गर्न मद्दत गर्ने बताए ।

त्यसैगरी संस्थाका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले तालिम निरन्तर प्रक्रिया रहेको बिषयमा चर्चा गर्दै आगामी दिनमा सबै तहका कर्मचारीहरुलाई यस्तो तालिम योजनाबद्ध तरिकाले प्रदान गर्नुका साथै संस्थामा आबद्ध सबै सेवाग्राही सदस्यहरुलाई समेत व्यवसायीक योजना तर्जुमा तथा उद्यमशिलता तालिम प्रदान गरिने जानकारी दिए ।

उक्त तालिममा बाह्य प्रशिक्षकको रुपमा रमेश अर्याल, दिनेश खड्का, कृष्णराज चौधरी, शकर भट्टराई रहेका थिए ।

तालिम समापन सत्रमा प्रमुख अतिथि न्यु होराईजन ग्रुपका लिडर तथा न्यु होराईजन उच्च मा.बि.का प्राचार्य लोकनाथ उपाध्यायले संस्थाको मेरुडण्डको रुपमा रहेका कर्मचारीको क्षमता विकास गर्न सके मात्र संस्थाको लक्ष्य पुरा हुने बताए ।

त्यसैगरी संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेले विपन्न बर्गलाई वित्तीय सहयोग गर्दै सामाजीक कल्याणमा जोड दिई गरिब तथा विपन्न बर्गको उत्थान र उनिहरुको समृद्धिमा लाग्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS