काठमाडौं । सिर्जना फाइनान्सको हकप्रद भर्ने म्याद थपिएको छ । फाइनान्सले असोज १७ गतेदेखि हकप्रद बिक्रि खुला गरेको थियो । फाइनान्सको उक्त हकप्रदमा आवेदन दिने समय आज कार्तिक २१ गतेसम्म थियो । तर फाइनान्सले १५ दिन म्याद थप गरि मंसिर ६ गतेसम्म शेयर भर्न सकिने जनाएको छ ।
कम्पनीले १०ः६ को अनुपातमा चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
उक्त हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले साउन २० गते शेयर निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ २० गते बुक क्लोज निर्णय गरेको हो ।