काठमाडौं । नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले १ अर्ब ८ करोड १४ लाख २१ हजार ४०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ अर्ब ९८ करोड २६ लाख ५ हजार ९०० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु गरिनेछ ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ ।