IME Life New

लाभांश प्रस्ताव गर्न बाँकि वाणिज्य बैंक कति, कुन कुनले गरे बुक क्लोज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आर्थिक वर्षको समाप्तिसंगै कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को लाभांश  प्रस्ताव गर्ने क्रम सुरु हुँदै छ।  केही कम्पनीहरुले लाभांश  प्रस्ताव गरेर नियामक निकायको अनुमति कुरिरहेका छन् भने केही कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को साधारणसभा नै सम्पन्न गरिसकेको अवस्था छ। नेप्सेमा सुचिकृत २७ वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले अझै लाभांस प्रस्ताव गरेका छैनन्।

Esewa
Crest

हेरौ लाभांश प्रस्ताव गरेर बुक क्लोज गर्न बाँकि वाणिज्य बैंकहरु:
२७ वाणिज्य बैंकमध्ये ७  वाणिज्य बैंकले लाभांश  प्रस्ताव गरे पनि बुक क्लोज गर्न बाँकी छ।  लाभांस प्रस्ताव गरेर बुक क्लोज गर्न बाँकी कम्पनीमा नेपाल बंगलादेश बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेड, लक्ष्मी बैंक, एभरेस्ट बैंक र नबिल बैंक रहेका छन्।

७ वाणिज्य बैंकमध्ये प्रभु बैंकले भने साधारण सभा र बुक क्लोजको मिति तय गरिसकेको छ।  प्रभु बैंकले यही मंसिर ६ गते वार्षिक साधारण सभा गर्दै छ।  सो साधारण सभा प्रयोजनका लागि कम्पनीले कार्तिक २५ गते देखि बुक क्लोज गर्दै छ। कार्तिक २४ गते सम्म कायम शेयरधनीले कम्पनीले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनक लागि ० दशमलव ८४ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन्।

लाभांश प्रस्ताव गरेरे बुक क्लोज भैसकेका वाणिज्य बैंकहरु :
२७ वाणिज्य बैंकमध्ये ९ वाणिज्य बैंकले आर्थिक वर्ष ७५/७६ को साधारण सभा र लाभांश प्रयोजनाका लागि बुक क्लोज गरिसकेको  अवस्था छ।  बैंक अफ काठमान्डौ, सिटिजन्स बैंक, कुमारी बैंक, माछापुछ्रे बैंक, मेगा बैंक, एनआईसी एसिया, सानिमा बैंक, सिद्धार्थ बैंक र सनराईज बैंकले साधरण सभा प्रयोजन लागि बुक क्लोज गरिसकेको अवस्था छ। अब दोश्रो बजारमा यी कम्पनीको शेयर किन्नेले आर्थिक वर्ष ७५/७६ को लाभांश प्राप्त गर्ने छैनन्।

लाभांश प्रस्ताव गर्न बाँकि वाणिज्य बैंकहरु :
२७ वाणिज्य बैंकमध्ये ९ वाणिज्य बैंकले आर्थिक वर्ष ७५/७६ को लाभांश प्रास्ताव नै गरेको छैनन्।  कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, हिमालयन बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक र प्राईम कमर्सियल बैंकले अहिले सम्म पनि लाभांश प्रस्ताव गरेका छैनन।

लाभांश प्रस्ताव गरे पनि मर्जको कारणले कारोवार नभएका बैंकहरु :
ग्लोबल आईएमई बैंक र जनता बैंक एक आपसमा गाभिन लाग्दा दुवै कम्पनीहरुको कारोवार हुन् सकेको छैन।  दुवै बैंकले आर्थिक वर्ष ७५/७६ को लागि लाभांश प्रस्ताव गरिसकेको अवस्था छ। ग्लोबल आईएमई बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ भने जनता बैंकले बैंकले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS