काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । अघिल्लो आर्थिक वर्षका सोही अवधिको तुलनामा बैंकको खुद नाफा १४ दशमलव ४० प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५९ करोड ३६ लाख नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकले ५१ करोड ८८ लाख ७० रुपैयाँ खुद नाफा कमाएको थियो ।
सानिमा बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेर ८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ कायम भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन ७ दशमलव ३२ प्रतिशतले बढेको हो भने कर्जा प्रवाह २ दशमलव ५८ प्रतिशतले बढेको हो ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद ब्याज आम्दानी र संचालन मुनाफा सुमेत बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ०३ प्रतिशतले बढी हो भने सञ्चालन नाफा १२ दशमलव ६० प्रतिशतले बढी हो । ।
त्यस्तै, चालु आर्थिक वर्षकोपहिलो त्रैमासमा बैंकको वितरण योग्य नाफा २७ करोड ५४ लाख ४० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा रहेको थियो ।