IME Life New

सुदूर पश्चिम, कर्णाली र ५ नम्बर प्रदेशमा शेयर बजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पश्चिमका ३ प्रदेश मध्ये प्रदेश नम्बर ५ मा तुलानात्मक रुपमा शेयर कारोवार राम्रो हुँदै आएको छ। अन्तर्राष्ट्रिय विमान स्थलको सुरुवात पश्चात लुम्बिनी घुम्न आउने पर्यटकहरुको संख्या वृद्धि हुने अनुमानले पनि बुटवल वरिपरी आर्थिक क्रियाकलाप राम्रो हुँदै आएको छ।

Esewa
Crest

प्रदेश नम्बर ५ मा ९ ब्रोकरका शाखा रहेका छन्। पछिल्लो समय आर्थिक हबका रुपमा स्थापित रुपन्देही जिल्लामा हाल ६ ब्रोकर शाखा कार्यालय रहेका छन् । बुटवलमा ५ र भैरहवामा १ गरि ६ ब्रोकरका शाखा छन्।

दाङ जिल्लाको घोराहीमा एउटा ब्रोकरको शाखा स्थापना भएको छ। भैरहवा र दाङमा  पछिल्लो समय खुलेका ब्रोकर शाखाले बिस्तारै राम्रो गरिरहेका छन् । प्रदेश नम्बर ५ मै पर्ने नेपालगञ्जमा दुई ब्रोकर शाखा कार्यालय रहेको छन्।

प्रदेश नम्बर ६ कर्णाली प्रदेशको सुर्खेतमा एउटा मात्र ब्रोकर शाखा कार्यालय खुलेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खुलेको ब्रोकरको शाखा कार्यालय नयाँ हो। कर्णाली प्रदेशमा बजार विस्तारको राम्रो सम्भावना भएता पनि शेयर बजार सम्बन्धि आधारभूत ज्ञान र जनचेतनाको कमीले गर्दा बजार प्रति लगानीकर्ताहरुको आकर्षण त्यति धेरै रहेको पाईदैन। कर्णाली प्रदेशमा पहिलो पटक ब्रोकर कार्यालय गएकाले त्यस क्षेत्रका लगानीकर्ताहरु खुशी छन् र निकट भविष्यमा शेयर बजारले विस्तार लिने कुरोमा ढुक्क छन्।

प्रदेश नम्बर ७ सुदुर पश्चिम प्रदेशको महेन्द्रनगर र धनगढीमा ब्रोकर शाखा कार्यालय रहेका छन् । धनगढीमा ब्रोकर शाखा कार्यालय पहिले नै खुलेको थियो भने महेन्द्रनगरको शाखा कार्यालय भने नयाँ हो। धनगढीका लगानीकर्ताहरुले एउटा मात्र ब्रोकर हुँदा ब्रोकर छनोट सुबिधा नभएको गुनासो गर्दै थिए । धनगढी सुदुरपश्चिमको मुख्य शहरका रुपमा चिनिन्छ । महेन्द्रनगर पनि राम्रो संभावना बोकेको शहर हो ।

पछिल्लो समय राजधानी बाहिर ब्रोकर शाखा बिस्तारसँगै नयाँ लगानीकर्ता हरेक दिन दोस्रो बजार प्रवेश गरिरहेका छन् । पछिल्लो समय समग्रमा राजधानी भित्र शेयर बिक्री गर्ने र बाहिर किन्ने प्रवृत्ति धेरै देखिनुले पनि मोफसलमा नयाँ लगानीकर्ताहरुको  बजार प्रवेश गर्नेको संख्या बढदो रहेको बुझ्न सकिन्छ । मुख्य शहरहरुमा ब्रोकर शाखा संजाल रहेतापनि ब्रोकरलाइ व्यवसाय प्रबर्द्धनमा रोक लगाइनु र नियामक निकायबाट शेयर शिक्षा कार्यक्रममा जोड दिन नसक्दा मोफसलका आर्थिक हबका रूपमा विस्तार हुँदै गएका शहरमा खुलेको नयाँ ब्रोकर शाखाहरुले त्यति ठुलो मात्रामा शेयर कारोवार गर्न सकेका छैनन्।

दिनप्रतिदिन राजधानी बाहिर आर्थिक क्रियाकलाप बढ्दो क्रममा छ। कुनै समय काठमाडौँलाई मात्र सपनाको शहर देख्ने जनताले अहिले आएर उपत्यका बाहिर पनि राम्रो सम्भावना  देख्दै आएका छन् । वैदेशिक रोजगारीको कारणले गर्दा पनि राजधानी बाहिर आर्थिक क्रियाकलाप वृद्धि नै हुने देखिन्छ। शेयर बजार सम्बन्धी जनचेतना कार्यक्रम गर्न सके र बजारमा सर्बसाधारणको पहुँच बढाउन सके शेयर बजार मार्फत देशको आर्थिक विकास गर्न सकिन्छ ।

मेरो शेयर र बैंकका शाखाबाट प्राथमिक बजारमा देशै भरिका लगानीकर्ताको राम्रो पहुँच पुगे पनि दोश्रो बजारका लागि भने देशै भरि पहुँच पुग्ने सकेको छैन। प्रदेशमा पनि ब्रोकर लाईसेन्स दिन सके स्थानिय जनताको विश्वास जित्न सहज हुने र पूँजी बजार विकास र विस्तार गर्न सजिलो हुने छ।

त्यस्तै प्रदेश सरकारले पनि शेयर बजारलाई प्राथमिकतामा राख्नु पर्ने देखिन्छ। प्रदेश सरकारले बेला बेलामा शेयर बजार सम्बन्धी मेला, तालिम, गोष्ठी, अन्तरक्रिया कार्यक्रम आयोजना गर्दा स्थानीय तहमा समेत शेयर बजार सम्बन्धी प्रचार हुने देखिन्छ।

संघीय सरकार, प्रदेश सरकार, अर्थमन्त्रालय, धितोपत्र बोर्ड, नेप्से लगायतका निकाय गम्भीर भएर पूँजीबजार विकास र विस्तारमा दीर्घकालीन योजनाका साथ लाग्ने हो भने छरिएर रहेको पूँजी वा सानो सानो वचत मार्फत ठुला आयोजनाहरु पनि स्वदेशी पूँजीबाट नै निर्माण गर्न सकिन्छ ।

लेखक सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीक प्रबन्धक निर्देशक र  नेपाल पुँजीबजार लगानीकर्ता संघका प्रदेश ५ संयोजक हुन्।  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS