Connect IPS
IME Life

लक्ष्मी लघुवित्तको नाफा ३ करोडमाथि, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ३ करोड १७ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३७ दशमलव ३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ३१ लख २६ हजार रुपैयाँ खुद नाफा कामएको थियो ।

हाल संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २१ करोड ३ लाख १२ हजार रुपैयाँ छ ।

Prabhu
Crest

ब्याज आम्दानी
संस्थाले खुद ब्याज आम्दानी पनि बृद्धि गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड ९८ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५९ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव १९ प्रतिशत लघुवित्तको खुद ब्याज आम्दानी बढी गरेको हो ।

संचालन मुनाफा
कम्पनीले सञ्चालन नाफामा पनि बृद्धि गथरेको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमाससम्ममा कम्पनीले ५ करोड ३ लाख ९५ हजार रुपैयाँ संचालन मुनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको संचालन मुनाफा ३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो ।

सूचकहरु
लघुवित्तको खराब कर्जा ० दशमलव ९९ प्रतिशतबाट बढेर १ दशमलव ५२ प्रतिशत कायम भएको छ । कस्ट अफ फन्ड ९ दशमलव ९९ प्रतिशत र प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ६६ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ भने एक सय ७५ रुपैयाँ ५७ पैसा छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ११ दशमलव ३२ प्रतिशत नगद गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसले ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

नोट : कम्पनीले बोनस वितरण पश्चात कायम हुने पुँजीलाई समावेश गरेर रिपोर्ट सार्वजनिक गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS