काठमाडौं। सामुदायिक लघुवित्तले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ८ गते बसेको संचालक समितिको १२४ औ बैठकले शेयरधनीलाई ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.६८ प्रतिशत नगद लाभांश गरि कुल ३३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै कम्पनीले चुक्ता पूँजीको दुई बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।