IME Life New

१५ बीमा कम्पनीको आ.ब. २०७४।७५ कै साधारणसभा बाँकी, कसले गरे? कसको बाँकी? (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको कूल ३९ वटा बीमा कम्पनी मध्ये १५ वटा बीमा कम्पनीहरुले अझै आर्थिक वर्ष २०७४/०७५ को सधारणसभा बाँकी रहेको छ । २४ बीमा कम्पनीले सधारणसभा सम्पन्न गरिसकेका छन् भने सधारणसभा गर्न बाँकी तीन वटा बीमा कम्पनीले सधारणसभाको मिति तोकिसकेका छन् ।

१९ वटा जीवन बीमा कम्पनीमध्ये सात वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४।७५ को साधारणसभा गरिसकेका छन् । १० वटा जीवन बीमा कम्पनीले भने साधारणसभाको मिति घोषणा गरेका छैनन् भने बाँकी दुई कम्पनी सानिमा लाइफ इन्स्योरेन्सले मंसिर ६ गते साधारणसभा गर्ने भएको छ भने नेशनल लाइफले यही कात्तिक २४ गते गर्न मिति तोकिसकेको छ ।

Esewa
Crest

त्यस्तै, २० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये १७ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७४।७५ को साधारणसभा गरिसकेका छन् । बाँकी दुई वटा कम्पनीले साधारणसभाको मिति घोषणा गरेका छैनन् भने एक निर्जिवन बीमा कम्पनी युनाइटेड इन्स्योरेन्सले यही कात्तिक २६ गते साधारणसभा गर्न मिति तोकेको छ ।

जीवन बीमा कम्पनीहरु
साधारणसभा गरिसकेका जीवन बीमा कम्पनीहरु
हाल संचालमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये सात वटा कम्पनीले आर्थिक वर्ष २०७४।७५ को साधारणसभा गरिसकेका छन् । नेपाल लाइफको १९ औं साधारण सभा जेठ ४ गते भएको थियो । सिटिजन लाइफको दोस्रो साधारण सभा असोज २९ गते भयो । ज्योति लाइफको दोस्रो साधारणसभा असोज १२ गते, प्रभु लाइफको दोस्रो साधारण सभा असार २६ गते, एलआइसी नेपालको साउन २४ गते, रिलायन्स लाइफको साउन ३१ गते र सूर्या लाइफको असार ११ गते साधारण सभा सम्पन्न भइसकेको छ । अधिकांश कम्पनीहरुले साधारणसभाबाट लाभांश पारित गर्ने, लेखा परिक्षक नियुक्ती तथा पुँजि संरचना हेरफेर गर्ने प्रस्ताव पास गरेका छन् ।

साधारणसभा हुन बाँकी जीवन बीमा कम्पनीहरु
आर्थिक वर्ष २०७४।७५ को लागि साधारणसभा नगर्ने जीवन बीमा कम्पनीहरुमा प्राइम लाइफ, युनियन लाइफ, रिलायबल लाइफ, मेट लाइफ, एशियन लाइफ, गुराँस लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ, राष्ट्रिय बीमा संस्थान र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हुन् । यी कम्पनीहरुले आर्थिक वर्ष २०७४।७५ को लागि साधारणसभाको मिति समेत घोषणा गरेका छैनन् ।

आर्थिक वर्ष २०७४।७५ को साधारणसभाका लागि दुई जीवन बीमा कम्पनीले भने साधारण सभाको मिति तय गरेका छन् । साधारणसभाको मिति तय गरेका कम्पनीहरुमा सानिमा लाइफ र नेशनल लाइफ हो । सानिमा लाइफले आफ्नो दोस्रो साधारणसभा २०७६ मंसिर ६ गते गर्ने भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सले ३१ औं साधारण सभा २०७६ कात्तिक २४ गतेका लागि डाकिसकेको छ ।

निर्जिवन बीमा कम्पनीहरु
जीवन बीमा कम्पनीहरुको तुलनामा निर्जिवन बीमा कम्पनीहरु धेरैले साधारण सभा गरिसकेका छन् । आर्थिक वर्ष २०७४।७५ को बार्षिक साधारणसभा गर्न अझै दुई निर्जीवन बीमा कम्पनी बाँकी छन् । ओरिएण्टल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीले आफ्नो साधारण सभाका लागि मिति समेत घोषणा गरेका छैनन् भने एक निर्जिवन बीमा कम्पनी युनाइटेड इन्स्योरेन्सले साधारण सभाको मिति तय गरेको छ । युनाइटेड इन्स्योरेन्सले आफ्नो २५ औं साधारण सभा कात्तिक २६ गते गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS