IME Life New

जनउत्थान सामुदायिक लघुवित्तद्धारा नयाँ कर्मचारीलाई सेवा प्रवेश पूर्व तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रुपन्देही । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका विभिन्न शाखा कार्यालयहरुको लागि आवश्यक फिल्ड तहका कर्मचारीहरुलाई तालिम दिएको छ । संस्थालेरुपन्देही जिल्लाको बुटवल स्थित होटल मेरी गोल्डमा नयाँ भर्ना भएका २५ जना फिल्ड तहका कर्मचारीहरुलाई २ दिने सेवा प्रवेश पूर्व तालिम दिएको हो ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष बावुराम बिश्वकर्माको अध्यक्षतामा सुभारम्भ भएको कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य तथा पूर्व अध्यक्ष रेवन्त बहादुर विश्वकर्माले नयाँ आगान्तुक कर्मचारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गर्नुका साथै संस्थाको परीधि भित्र रही तोकिएको लक्ष्य अनुसार कार्य गर्नको लागि कर्मचारीहरुलाई सुझाव दिए ।

Esewa
Crest

उक्त तालिम कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, केन्द्रीय कार्यालयको विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली र सन्तोष रसाली ले फिल्ड तहमा काम गर्ने कर्मचारीहरुको लागि आवश्यक आधारभूत विषयहरुमा प्रशिक्षण गरेका थिए ।

दुई दिने तालिम कार्यक्रमको समापन गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष बावुराम विश्वकर्माले नयाँ कर्मचारीहरुलाई सफल कार्यकालको सुभकामना व्यक्त गर्दै संस्थामा काम गर्दा अनुशासन, आर्थिक सुशासन, गोपनियता तथा संस्थाको उदेश्यलाई ध्यान दिई कार्य गर्नको लागि सुझाव दिए ।

“स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण” भन्ने मुल नारालाई आत्मसात गर्दै आर्थिक रुपले विपन्न तथा वित्तीय पहुँचबाट वञ्चित समुह सदस्यहरुलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्ला र ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेका छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS