IME Life
GBIME

१० लाख कर्मचारीको रोजगारी गुम्ने भएपछि भारतका अधिंकाश बैंक ठप्प

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भारतमा बैंकहरुलाई बिग मर्जरमा लैजाने भएपछि लाखौं कर्मचारी बेरोजगार हुने भएका छन् । करिब १० लाख कर्मचारीको जागिर धरापमा परेपछि आज बिग मर्जरका विरुद्धमा भारतका अधिकांश बैंकका कर्मचारीहरु उत्रिएका छन् । आन्दोलनको कारण भारतका अधिकांश बैंक ठप्प भएको छ ।

सरकारको ल्याएको विग मर्जरको नीतिको कारण १० लाख बैंकसँग आवद्ध कर्मचारीहरुको रोजगारी गुम्ने कारणले कर्मचारीहरुले हड्तालको घोषणा गरको हो । मंगलबार आन्दोलनको कारण भारतका अधिंकाश बैंकहरु बन्द भएका छन् । बैंक बन्द हुँदा करोडौं मानिस बैंकिङ सेवाबाट प्रभावित भएका छन् ।

Crest

भारत सरकारले १० वटा बैंकलाई मर्ज गरेर चार वटा ठूला बैंक बनाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउदै अल इण्डिया बैंक इम्प्लोईज एसोसियसन (एआईबीआई) र बैंक इम्लोइज फेरडरेशन अफ इण्डिया (बिईएफआइए)ले हड्ताल अपिल गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS