काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले कात्तिक २९ गते प्रथम साधारण सभा गर्ने भएको छ । संस्थाले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक २९ गते साधारण सभा बोलाएको हो ।
सभा जानकी फेमली होटल एन्ड लज मलंगवा, सर्लाहीमा बिहान ११ बजे सुरु हुने जनाएको छ । लघुवित्तले अधिकृत पुँजी ४ करोड बाट वृद्धि गरी १० करोड पुर्याउने प्रस्ताव पेश गर्दैछ ।
हाल कायम २ करोड रुपैयाँ पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी ६ करोड रुपैयाँ पुर्याउने पस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, लुघवित्तले आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभामा संस्थाको कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसैगरी, सभामार्फत कम्पनीले अन्य कुने वित्तीय संस्थासँग गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती प्रयोजनका लागि सञ्चालक समितिका अध्यक्षलाई अख्तिायारी प्रदान गर्नेछ ।