IME Life New

पुनर्बीमा कम्पनीद्धारा पौने दुई अर्ब दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत बर्षको असार मसान्सम्ममा झण्डै पौने दुई अर्ब अर्थात एक अर्ब ६६ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Esewa
Crest

विदेशी कम्पनीले नेपालबाट दुई करोड २२ लाख ८० हजार रुपैयाँ बीमा दाबी परेको थियो । बाँकी बीमा दावी नेपाली कम्पनीहरुमार्फत नै भुक्तानी गरेको हो ।विदेशी कम्पनीमार्फत पुर्नबीमा कम्पनीले यस बर्ष ३५ करोड ७६ लाख ९४ हजार रुपैयाँ बराबरको प्रिमियम रकम नेपाल भित्रयाएको थियो । सो मध्ये करिब तीन करोड रुपैयाँ दावी भुक्तानी गरेको हो । नेपाल पुनर्बीमा कम्पनीले २८ देशहरुको ३५ करोड ७६ लाख ९४ हजार रुपैयाँ प्रिमियम असार मसान्तसम्ममा संकलन गरेको थियो ।

सोही अवधीमा कम्पनीले दुई करोड २२ लाख ८० हजार रुपैयाँ विदेशमा भएको बीमा दावीको भुक्तानी गरेको हो । विदेशस्थित कम्पनीबाट बीमा दाबी परेपछि सर्भेयर खटाएर प्रमाणित भए पश्चात भुक्तानी गरेको कम्पनीले जनाएको छ।   कम्पनीले असार मसान्तसम्ममा नेपालमा रहेको बीमा कम्पनीहरु मार्फत एक अर्ब ६४ करोड रुपैयाँ बीमा दाबी परेको छ । नेपाली कम्पनीहरुले आगोलागी, मृत्यु, स्वास्थ्य आदि बीमा बापतको दावी रकम भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS