IME Life New

ट्रष्ट रिमा पुनर्बीमा कारोबार घटाउँदै नेपाली बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई वर्षअघि उत्पन्न संकटका कारण पुनर्बीमा बजारमा साख गुमाएको ट्रष्ट रि कम्पनीमा नेपाली बीमा कम्पनीहरुले पुनर्बीमाको कारोबार घटाएका छन् । नेपालका सबैजसो बीमा कम्पनीहरुले लिडर कम्पनीको रुपमा पुनर्बीमा गर्दै आएको ट्रष्ट रि कम्पनीमा अहिले थोरै मात्रै हिस्सा सम्बन्ध कायम गर्नकै लागि मात्रै कायम राखेको बीमा कम्पनीका उच्च अधिकारीहरुको भनाई छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले ट्रष्ट रिमा लिडर कम्पनीको रुपमा पुनर्बीमा गराउँदै आएकोमा अहिले न्यून प्रतिशतमा मात्रै पुनर्बीमा गरिएको सो कम्पनीका एक जिम्मेवार अधिकारीले इन्स्योरेन्स खवरलाई बताए । कम्पनीको रेटिङ ‘ए’ बाट ‘बी’मा झरेपछि संसारभरका बीमा कम्पनीहरुले ट्रष्ट रिमा कारोबार घटाएका थिए । नेपाली कम्पनीहरुले भने भुकम्पको बेलामा समेत निकै सहयोग गरेर ठूलो रकम भुक्तानी गरेकाले सम्बन्ध अन्त्य नगर्ने उद्देश्यले थोरै प्रतिशत पुनर्बीमा ट्रष्ट रिमै गराउँदै आएका छन् । ‘अहिलेको समस्या होइन, गत वर्षकै समस्या हो, अडिट रिपोर्टसमेत सार्वजनिक गर्न नसक्ने अवस्थामा पुग्यो, २०७२ सालको भूकम्पमा ठूलो सहयोग गरेको थियो, त्यसैले थोरै भएपनि पुनर्बीमा गराइरहेका छौं ।’ एक बीमा कम्पनीका सिईओले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने ।

Esewa
Crest

इन्स्योरेन्स खवरसँगको कुराकानीको क्रममा अधिकांश बीमा कम्पनीका अधिकारीहरुले ट्रष्ट रिसँगमा पुनर्बीमाको व्यापार पाँचदेखि १० प्रतिशतमा झारेको स्वीकार गरेका छन् । यसअघि ट्रष्ट रिमा ३० प्रतिशतभन्दा माथिसम्म पुनर्बीमा गरेका कम्पनीहरुले समेत अहिले घटाएर सिंगल डिजिटमा झारिसकेका छन् ।

सो पुनर्बीमा कम्पनीमा नेपालका शिखर, सगरमाथा, युनाईटेड, एभरेष्ट, हिमालयन जनरल इन्स्योरेन्स लगायतका अधिकांश बीमा कम्पनीहरुले कारोबार छ । बीमा समितिका सल्लाहकार भोजराज शर्माले ट्रष्ट रि कम्पनीमा गत वर्ष उत्पन्न संकटका कारण नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा हिस्सा घटाएको हुनसक्ने बताए ।

नेपालस्थित ट्रष्ट रि कम्पनीका एजेन्टले भने ट्रष्ट रि कम्पनीमा सुधार भइसकेको र सिष्टर कम्पनीले पुँजि समेत थप लगानी गरेको भन्दै कम्पनीको बारेमा बढाई चढाई हल्ला गरिरहेका छन् । एक पुनर्बीमा एजेन्टले ट्रष्ट रिमा समस्या आएको स्वीकार गर्दै भने, ‘त्यो पुरानो इस्यु हो, अहिले सबै समस्या हल भइसकेको छ, अडिट रिपोर्ट समेत सार्वजनिक गरिसकेको छ ।’
बहराईनको पुनर्बीमा कम्पनी ट्रष्ट रिमा सन् २०१७ देखि समस्या आएको थियो । रेटिङ एजेन्सीले ‘ए माईनस’बाट ‘बी प्लस प्लस’ मा झरेको थियो ।

सन् १९८९ मा स्थापना भएको कम्पनी ट्रष्ट रिमा नेष्ट इन्भेष्टमेन्ट होल्डिङ्सको लगानी रहेको थियो । सो कम्पनीमा कालोधन लगानी भएको विषय उठेपछि ट्रष्ट रिको रेटिङ घटेको थियो । अरब मुलुकमा राम्रो व्यापार गर्दै आएको ट्रष्ट रि कम्पनीलाई अप्ठेरोबाट बाहिर निकाल्न लगानीकर्ता कम्पनीले १३० मिलियन डलर थप लगानीको घोषणा गरेपछि पनि उल्लेख्य सुधार हुन सकेको छैन । संकटपूर्ण अवस्थाबाट सुधार ल्याउन कम्पनीले सिईओ समेत परिवर्तन गरेर व्यवस्थापनलाई बलियो बनाई सुधारको कार्यक्रम सञ्चालन गरिरहेको ट्रष्ट रिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS