IME Life New

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी मोवाइल बैंकिङको महामेलामा ५ जना विजयी पुरस्कृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोवाइल बैंकिङको प्रवद्र्धनको लागि गत भाद्र १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे आरबीबी मोवाइल बैंकिङ महामेलामा  ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका पांच जना विजयीहरुलाई आईतबार एक समारोहका बिच पुरस्कार प्रदान गरिएको छ ।

समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाउनु भएको छ भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे ।

हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्सालले रा.वा. बैंकले विभिन्न युवा लक्षित कार्यक्रम मार्फत युवा ग्राहकहरुलाई बैंकमा आकर्षण गर्न खोजिरहेको बताए ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रा.वा. बैंकसंग सन २००९ देखि मोबाइल बैंकिङ्गमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउंदै रा.वा. बैंकको मोबाइल बैंकिङ्गले समाजमा मोबाइल बैंकिङ्गको आवश्यकता सृजना गराएको बिचार ब्यक्त गरे ।

हालसम्म बैंकले सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS