IME Life New

एनएमबी लघुवित्तको प्रथम त्रैमासमा लोभलाग्दो ग्रोथ,अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबी माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनीले १ करोड ५२ लाख रुपैया खुद नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनीले १० लाख १७ हजार खुद नाफा कमाएको थियो।कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ३७ रुपैया ७४ पैसा रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी २ रुपैया ७२ पैसा रहेको थियो। कम्पनीले खुद नाफामा १४०३ प्रतिशतको वृद्धि गर्न सफल भएको छ भने प्रति शेयर आम्दानीमा १२०७ प्रतिशतको वृद्धि गर्न सफल भएको छ।
प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी ३६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको चुक्ता पुँजी १६ करोड २० लाख रहेको छ। मूल्य र आम्दानी अनुपात चाही २८ गुणा रहेको छ भने निस्क्रिय कर्जा २ दशमलव २७ प्रतिशत रहेको छ।

चुक्ता पुँजी भन्दा जगेडा कोषमा रकम धेरै भएकाले कम्पनीको किताबी मूल्य २०० रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS