IME Life New

बैंक अफ काठमाडूले ११ प्रतिशत नगद लाभांस शेयरधनीको खातामा पठाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमान्डूले साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण गर्न शेयरधनीहरुलाई आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

आइतबार एक सूचना मार्फत बैंकको असोज ३० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत नगद लाभांश नेपाल क्लियरिङ्ग हाउसको आईपिएस प्रणाली मार्फत सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिने व्यवस्था मिलाएको जनाएको छ ।

Esewa
Crest

हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । बैंकले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनैपनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ ।

यसैगरी, सेयर धितोमा राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र उपलब्ध गराएपछि नगद लाभांश बैंक खातामा पाउनेछन् । बैंक अफ काठमान्डूको असोज ३० गते सम्पन्न साधारण सभाले ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल १७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS