काठमाडौं । आरबिबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् । प्याकुरेल खुला प्रतिस्पर्धाबाट सिईओ नियुक्त भएका हुन् ।
आरबिबी मर्चेन्ट बैंकमा उनको कार्यकाल चार वर्षको हुनेछ । राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबिबी मर्चेन्टले असार १८ गते खुला प्रतिस्पर्धाबाट सिइओ माग गरेको थियो।