IME Life New

मल्टिपर्पोज फाइनान्सको २५ लाख कित्ता शेयर भोलिबाट लिलामी खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टिपर्पोज फाइनान्सले २४ लाख ८७ हजार २७८ कित्ता सेयर भोलि बिहीबार असोज ३० गतेदेखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ६ लाख २६ हजार ५५७ कित्ता र संस्थापक समूहको १८ लाख ६० हजार ७२१ कित्ता सेयर लिलामी गर्न लागेको हो ।

लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त लिलामी गर्न लागेको शेयरमा कात्तिक ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज, सप्तरीबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि बोलपत्र पेश गर्न गकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS