काठमाडौं । नेशनल लाईफ जाजरकोट शाखाले उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको छ । नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर आयोजित कार्यक्रममा आर्थिक बर्ष २०७५।७६ मा उत्कृष्ट ब्यवसाय गर्ने १२ जना बीमा अभिकर्तालाई सम्मानित गरेको छ ।जाजरकोट शाखाका प्रमुख ललित कुमार ओलीले उत्कृष्ट व्यवसाय गर्ने एक दर्जन अभिकर्ताहरुलाई सम्मानित गरेको गराए । भौगोलिक विकटताका बावजुद अथक मिहिनेत र लगनका साथ आफ्नै कोडमा र सञ्जालमा काम गरिरहेका अभिकर्ताहरु सम्मान गर्न पाउँदा प्रमुख आतिथिको रुपमा रहेका नेपालगञ्ज शाखा प्रमुख दीपनारायण खनालले खुशी प्रकट गरे । असोज ११ गते रुकुम पश्चिम जिल्लाको चौरजहारीमा सम्पन्न भएको कार्यक्रममा खनालले कम्पनीको नयाँ बीमा योजनाको जानकारी गराए ।
जाजरकोटमा नेशनल लाईफको बीमा अभिकर्तालाई सम्मान कार्यक्रम
![](https://insurancekhabar.com/wp-content/uploads/2019/09/70921393_494981514386722_2862414919020576768_n.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)