काठमाडौं । बैंक अफ काठमाडौं घोटाला काण्डका थप एक अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ । खोलाको बगरलाई धितोको रुपमा नक्कली धनीपुर्जा बनाएर बैंक अफ काठमाण्डूबाट एक करोड ९७ लाख लाख रुपैयाँ ऋण लिने कार्यमा संलग्न भ्यालुएटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले धितो मूल्यांकनकर्ता (भ्यालुएटर) बिराटनगरका भेषराज खत्रीलाई बिहीबार पक्राउ गरेर बिहीबार नै पाटन उच्च अदालतमा बुझाएको बिज्ञप्ति मार्फत जनाएको छ ।
सो घटनामा संलग्न भएको आरोपमा बैंकका भूतपूर्व सीइओ अजय श्रेष्ठसहित हेटौडाका ऋणी सुरेन्द्र श्रेष्ठ तथा बैंकका कर्मचारीलगायत १३ जना पक्राउ परिसकेका छन् ।