काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा संचालति सामूहिक लगानी कोष सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईको असोज ९ गते ९बिहिबार० देखि नेप्सेमा किनबेच सुरु भएको छ ।
कूल एक अर्ब २० करोड रुपैयाँ बराबरको यस फण्डको १२ करोड इकाइ बुधबार कारोबारका लागि नेप्सेमा सूचीकृत गरिएको थियो।
यससँगै नेप्सेले बिहीबारदेखि कारोबार खुला गरेको हो।सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ सिद्धार्थ क्यापिटलको व्यवस्थापन सञ्चालित चौंथो म्युचुअल फण्ड हो । फण्डको प्रबद्र्धक सिद्धार्थ बैंक रहेको छ ।
सिद्धार्थ क्यापिटलले गत साउन २३ देखि भदौ ५ गतेसम्म १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअलका इकाई सर्वसाधारणमा बिक्री गरेको थियो।