IME Life New

असोज दोस्रो सातादेखि शिव श्री हाईड्रोपावरको आईपीओ आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।शिव श्री हाइड्रोपावरको ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ असोज १६ गतेबाट खुल्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ ।

कम्पनीले यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता सेयर मात्र बिक्री भएकोे थियो । यस आइपीओमा असोज २४ गतेसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने कात्तिक १५ गतेसम्म भर्न सकिने बिक्री प्रबन्धकले जानकारी दिएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Esewa
Crest

कम्पनीको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई औसत भन्दा तल जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । शिव श्रीले सिन्धुपाल्चोक जिल्लामा २२।२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS