काठमाडौं । सनराइज क्यापिटलले आज बुधबार (असोज ८ गते) देखि ‘सनराइज फस्ट म्युचुअल फन्डको १० करोड इकाई (युनिट) बिक्री खुला गरेको छ । फन्डले १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
निष्काशन गरेको उक्त फण्डमा असोज १२ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ७ गतेसम्म आवेदन खुला रहनेछ ।
सनराइज फस्ट म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।
फन्डको इकाईमा लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरी काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।
यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ । फन्डको व्यवस्थापक सनराइज क्यापिटल रहेको छ ।