सल्यान । चौतारी लघुवित्त बित्तीय संस्थाले काज क्रिया खर्च वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको सल्यान, कपुरकोट गाउँपालिका – २ भकमकी शाखा सदस्य दिप कुमारी दमाईको श्रीमान् नेत्रमणी दमाईको काज क्रियाको लागि संस्थाले १२ हजार रुपैयाँ काजक्रिया खर्च राहत स्वरुप उपलब्ध गराएको हो ।
संस्थाले सदस्य कुमारी दमाईको घरमै एक कार्यक्रमको गरी सो रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा स्थानीय बासिन्दा तथा सेवाग्राही सदस्यको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।