IME Life
GBIME

एलआइसीको नयाँ शाखा मन्थलीमा, रामेछापका जनतामाँझ बीमाको पहुँच पुर्याउने लक्ष्य

SPIL
NIC ASIA new
NLIC

रामेछाप । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रामेछापको मन्थलीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास तथा नायव प्रमुख कार्यकारी अधिकृत टि.वर्नवालबाट संयुक्त रुपमा रामेछाप मन्थली शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

Crest

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा रामेछाप मन्थली शाखाबाट ५ करोड बराबरको प्रथम बीमाशुल्क संकलन गर्ने र रामेछापका २००० ब्यक्तिहरुको जीवन बीमा गराउने लक्ष्य लिएको छ ।

शाखा उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर शिव हरि खड्काले कम्पनीले रामेछापमा प्रत्येक घर घरमा बीमाको महत्व दर्शाउने र प्रत्येक घरका अभिभावकको जीवन बीमा हुनुपर्नेमा उत्प्रेरणा दिने प्रकारको बीमा जागरण अभियान सञ्चालन गर्ने कार्यमा भूमिका खेल्ने बताए ।

यसै गरि मन्थली रामेछापका शाखा प्रमुख प्रसिद्ध भक्त श्रेष्ठले एल आई सीसँग सम्बन्धित सम्पूर्ण कार्य आफ्नो शाखाबाट अत्यन्तै सहज ढंगले छिटो छरितो हिसाबले गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS