काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।
लघुवित्तको सञ्चालक समितिको आईतबार बसेको १३८ औं बैठकले प्रतिशत ५ बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
लघुवित्तले ५७ लाख ५ हजार ७०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, लघुवित्तले ५७ लाख ५ हजार ७०० रुपैयाँ नै नगद लाभांश बाँड्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित भएपछि मात्रै शेयरधनीले पाउनेछन् ।