IME Life New

नेशनल लाईफद्धारा २ सय ३७ जना उत्कृष्ट अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा आईतवार सम्पन्न भएको छ । कम्पनीले उक्त समारोहमा ४७ हजार ४ सय अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २ सय ३७ जना अभिकर्ताहरुलाई सम्मानित गरेको थियो ।

Esewa
Crest

कार्यक्रमको समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष २७ अरब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको दुई अरब लाई पार गरेर हाल तिन अरब पुगेको अवगत गराए ।

कार्यक्रममा कार्यकारी प्रमुख  भरत वस्नेतले चालु आर्थिक बर्षमा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताए ।

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः चार लाख, तीन लाख र दुई लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः .दुई लाख ५० हजार , दुई लाख र एक लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरेको थियो । यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरेको थियो ।

समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि भारतवाट आएका प्रख्यात प्रशिक्षक टि.एस.मदानवाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो । मदान भारतको जीवन बीमा क्षेत्रमा एक चिर परिचित ब्यक्तित्व हुनुहुन्छ र यस्तो प्रशिक्षण संचालनमा ठूलो ख्याती आर्जन गर्नु भएको छ । मदानको प्रशिक्षण कार्यक्रम अत्यन्त उत्साह प्रद र सफल रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS