काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड–१ को ७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । फन्डले नगद लाभांश वितरण गर्न असोज ६ गते बुक क्लोज गर्ने गर्दैछ । त्यसकारण आजसम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स म्युचुअल फन्ड–१ ले आफ्ना ईकाइधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फण्डले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने भएको हो ।
कोष प्रवद्र्धक सिटिजन्स बैंक रहेको छ भने फन्डलाई सीबीआइएल क्यापिटलले व्यवस्थापन गरेको छ ।