IME Life New

सिटिजन्स लाइफको दोस्रो वार्षिक साधारण सभा असोज २९ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले असोज २९ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । भदौ २४ गते मङगलबार बसेको संचालक समितिको बैंठकको निर्णयले उक्त सभाको मिति तय गरेको हो ।

उक्त सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे हुने कम्पनीले जनाएको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गनेृ र पारित गर्ने एजेण्डा रहेको छ ।

Esewa
Crest

त्यस्तै, सभामा कम्पनीले आइपीओ जारी गर्ने मुख्य एजेण्डा सहित प्रस्ताव सभामा पेश गर्नेछ । सञ्चालक समितिको रिक्त एक पदको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

सभामा लेखा परिक्षण सहितको आर्थिक वर्ष २०७४ ७५ को वासलात, नाफा नोक्सान, हिसाब तथा आय व्यय र सो सँग सम्बन्धीत अनूसूचि सहितको विवरण स्वीकृत गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS