IME Life New

बीमा कम्पनीहरुलाई पूर्वधारमा लगानी गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुलाई पूर्वधार क्षेत्रमा लगानी गर्न नियामक निकाय बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा कम्पनीहरुलाई आफ्ना पुँजिकोष पूर्वाधार क्षेत्रमा लगानीका लागि केन्द्रीत गर्न निर्देशन दिएका छन् ।

Esewa
Crest

आईबिएन मिडिया एन्ड रिर्सच सेन्टरले बीमा समितिको सहकार्यमा आयोजित एक बीमा सेवा बिस्तार सम्बन्धी कार्यक्रममा बीमा कम्पनीका सिईओहरुलाई निर्देशन दिँदै भने, ‘बीमा कम्पनीहरुले मुनाफाको लागि अण्डरराईटिङको क्षेत्रमा मात्रै सीमित नरहेर आर्थिक समृद्धि र पूर्वाधार विकासमा समेत लगानी गर्नुपर्दछ ।’ बीमा क्षेत्रले पनि विकासको क्षेत्रमा लगानी गरेर उदारणीय रुपमा अघि बढ्न सक्ने उनले बताए । उनले लगानी निर्देशीका परिमार्जित गरिसकेको हुदाँ, बीमा कम्पनीहरुले पूर्वधार वा अन्य क्षेत्रमा लगानी केन्द्रीत गर्न निर्देशन दिएका हुन् ।

बीमा कम्पनीहरुले पनि लगानीको क्षेत्रमा केही गर्न सक्छ भन्दै अध्यक्ष चापागाईले बैंकले जसरी नै बीमा कम्पनीहरुले पनि यस बिषयमा अध्यन गरेर कसरी लगानीको वातावरणलाई अघि बढाउनुपर्छ भन्ने बिषयमा ठोस कार्ययोजना बनाउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS