काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको २०० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको छ । समायोजनपछि आज बुधबार समताको सेयर कारोबार प्रतिकित्ता ४९१ रुपैयाँलाई आधार मानेर खुलेको छ ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
हकप्रद बिक्रीका लागि समताले बुधबार (असोज १ गते) बुक क्लोज गरेको हो । तसर्थ, यो हकप्रदमा मंगलबार (भदौ ३१ गते) सम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।