Connect IPS
IME Life

नेरुडे लघुवित्तमा आबद्ध सबैले विराट मेडिकलमा उपचार गराउदा आकर्षक छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ । लघुवित्तले आफ्ना ग्राहक सदस्यका लागि स्थानिय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले बुढीगंगा गाँउपालिका २, गंगाचौक स्थितविराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक सुधिर कुमार श्रेष्ठ र अस्पतालका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरे ।

Prabhu
Crest

सम्झौता पछि वित्तीय संस्थाका ग्राहक, कर्मचारी, र सञ्चालक समितिका पदाधिकारीहरुले विराट मेडिकल कलेज टिचिङ्ग अस्पतालमा उपचार गराउँदाओ.पी.डी दर्ता शुल्क निःशुल्क पाउने छन भने ल्यावतथा डाइग्नोष्टिकमा १०% ,अलट्रासाउण्ड र सी.टी स्कायनमा १५%, लिथोट्रिप्सी सेवा (किडनीको पत्थरीमा) १५%, चिरेर गरिने शल्यक्रियामा २०%, ल्याप्रोस्कोपीक अप्रेशनमा १०%, जनरल बेड चार्जमा २०%, आई.सी.यू, एन.आई.सी.यू र भेन्टिलेटर शुल्कमा १०%, डेलिभरीमाअप्रेशन र नर्मल प्रसुति सेवानिःशुल्क (नेपाल सरकारको कार्यक्रममा), प्रत्येक हप्ताको बुधवार गर्भवतीजाँचनिःशुल्क, हप्ताको प्रत्येक बुधवार खोप सेवानिःशुल्क, फार्मेसीमा ६% छुट र स्पेशलल्याव टेस्ट ५% छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

हालसम्म लघुवित्तले ८७ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । नेरुडेले आगामी दिनमा प्रदेश अनुसार उपयूक्त स्वास्थ्य संस्थाको छनौट गरी आफ्नाग्राहक सदस्यहरुलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS