IME Life New

अभिकर्ता, सर्भेयर र कर्मचारी सबैलाई प्यान अनिवार्य गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले गत आइतबार एक निर्देशन जारी गर्दै बीमा क्षेत्रमा काम गर्ने बीमा अभिकर्ता, बीमा कम्पनीका सर्भेयर, कर्मचारीहरु सबैलाई अनिवार्य रुपमा प्यान नम्बर लिन लगाएर मात्रै कमिशन, तलव तथा बोनस भुक्तानी गर्न निर्देशन दिएको छ ।

नेपाल सरकारले २०७६।७७ को बजेट वक्तव्यमा एक व्यक्ति एक स्थायी नम्बर अनिवार्य गरेसँगै बीमा समतिले पनि बीमा कम्पनीहरुमा आवद्ध सबैलाई स्थायीलेखामा आवद्ध हुन आग्रह गरेको हो ।

Esewa
Crest

समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलद्वारा जारी निर्देशनमा आय कर ऐन २०५८ तथा आय कर नियामवली, २०५९ मा स्पष्ट व्यवस्था भए बमोजिम जीवन तथा निर्जिवन र पुनर्बीमा व्यवसाय गर्ने बीमकसँग आवद्ध भएका बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरु प्यान नम्वर अनिवार्य कार्यान्वनय गर्न भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS