IME Life
GBIME

स्वदेशी लघुवित्तद्धारा फिल्ड कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले फिल्ड कर्मचारीहरुलाई तालिम दिएको छ । लघुवित्तले प्रदेश न. ५,६ मा संचालित १५ वटा शाखामा कार्यरत ३४ जना फिल्ड कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तथा कर्जा व्यवस्थापन सम्बन्धी २ दिने तालिम प्रदान गरेको संस्थाले जनाएको छ ।

तालिममा कर्जाको लगानी र असुलीले मात्र गरिवि न्युनिकरण नहुने हुँदा समाजसँगको असल सम्वन्ध स्थापना गर्ने, स्थानीय सरकारसँगको साझेदारी, वित्तीय साक्षरता, स्वयमलाई सुधार गर्न कर्मचारीलाई अग्रसर गराउने लगायतका विषयमा जोड दिइएको थियो ।

Crest

संस्थाका कार्यकारी प्रमुख लगायत वैक तथा वित्तिय संस्थामा लामो अनुभव संगालेका प्रशिक्षकद्वारा तालिम प्रदान गरिएको थियो । तालिम मार्फत फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धि भइ ग्राहक सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी हुने विश्वास संस्थाले लिएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईँले भने,“ हालको अवस्थामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा तथा कार्यक्रम विस्तारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका विच आफ्नो कार्यक्रमलाई कसरी सवल, जोखिमरहित वनाउने र संस्थाले निर्दिष्ट गरेका लक्ष्यहरुलाई प्राप्त गर्न कर्मचारीमा चाहिने सीप, कौशल, तथा दक्ष वनाउदै कर्जाको गुणस्तर र कर्जाको भाखा नाघ्न नदिने आदि रणनीति तयार गरि कर्मचारीको क्षमता अभिवृद्धि गर्नका लागि तालिम दिइएको हो ।”

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS