काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद जारी गर्न बुक क्लोज मिति तय गरेको छ । लघुवित्तले असोज १ गते बुक क्लोज गर्न भएको हो । भदौ ३१ गते कायम सेयरधनीले प्रस्तावित हकप्रदमा आवेदन दिन सक्नेछन् ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ दरले १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
लघुवित्तले १२ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको हकप्रद वितरण गर्नेछ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
लघुवित्तले हालै वितरण गरेको ६।६६ प्रतिशत बोनस सेयरपछि कायम भएको ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।