काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था पनि मर्ज तथा एक्विजिसन जाने भएको छ । जसका लागि लघुवित्तले मर्जर समिति गठन गरेको छ । आवश्यकता अनुसार उपयुक्त वित्तीय संस्था गाभ्ने वा गाभिने प्रयोजनका लागि महुलीले ३ सदस्यीय मर्जर उप समिति गठन गरेको छ ।
भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उपयुक्त वित्तीय संस्थासँग गाभ्ने वा गाभिने प्रयोजनका लागि उप समिति गठन गरेको हो । उप समितिलाई प्राप्ति गर्ने वा गाभिने सम्बन्धमा अन्य वित्तीय संस्थाहरुसँग छलफल गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्न सुचना मार्फत नै भनिएको छ ।
मर्जर उपसमितिको संचालक भानुभक्त निरौला छन भने संचालक केशव प्रसाद भण्डारी र प्रबन्धक संचालक रोशन कुमार मण्डल सदस्य छन् ।