IME Life New

नयाँ बीमा कम्पनीले सकारात्मक परिवर्तन ल्याएः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले ३/४ वर्षको अवधिमा बीमा तथा बैंकिङ्ग सेवाको विस्तार भएकोमा आफू निकै खुशी भएको बताएका छन् । साथै उनले नयाँ बीमा कम्पनीहरुको आगमनसँगै बीमाको पहुँचमा उल्लेखनीय बृद्धि भएको धारणा राखेका छन् ।

नेपाल आर्थिक प्रत्रकार संघ (नाफिज) को १० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्रीले भने, “अघिल्लो आर्थिक वर्षको अन्त्यमा आईपुग्दा म सुन्दै थिए, बीमाको दायरामा १९ प्रतिशत मान्छेहरु थिए । पछिल्लो समयमा बीमाको पहुँच २५ प्रतिशत पुगेको सुनेको छु । यसले मलाई ठूलो हौसला प्रदान गरेको छ ।”

Esewa
Crest

नेपालमा बीमाको बजार स्थीर रहेको भन्दै मन्त्री डा. खतिवडाले भने, ‘मेरो जीवनकालमा, मन्त्री हुनुभन्दा अगाडीको अवस्थासम्ममा बीमाको दायरामा पाँच प्रतिशत भन्दा बढी मान्छे आए भन्नै पाँईदैनथ्यो । राष्ट्र बैंकको गर्भनर हुदाँ निक्षेप बीमा गराएपछि बल्ल करीब करीब २ अढाई करोड खाताहरु निक्षेप बीमाको दायरा आएका थिए ।’

कार्यक्रममा बीमा क्षेत्रलाई महत्वका साथ सम्बोधन गरेका मन्त्री डा. खतिवडाले बीमाको पहुँच पाँच प्रतिशतबाट बढेर २५ प्रतिशत हुने अवस्थासम्म पुगेको उनले दावी गरे । अर्थमन्त्रीले भने, बीमा कम्पनीहरु पछिल्लो समय ठुलो संख्यामा आउँदा खेरि बजारले स्वीकार्न सक्ला भन्ने पनि लागेको थियो । तर बीमाको पहुँच बृद्धि गर्न नयाँ कम्पनीहरुले पनि ठूलो भूमिका निर्वाह गरे ।

मन्त्री खतिवडाले बैंकिङ पहुच पनि बृद्धि भएको दावी गरे । उनले भने, “म अर्थमन्त्रालयमा आउँदा बैंकिङ्ग सेवा ३ सय ६०/६५ स्थानीय तहमा मात्रै थिए” । पछिल्लो समय बैंकका शाखाहरुको विस्तार ५० प्रतिशतले बढेको मन्त्रीको दावी छ । “आज लगभग छ सय ६०/७० स्थानीय तहमा बैंकिङ्ग सेवा पुगेको छ । करिब करिब १८/१९ स्थानीय तहमा मात्रै बैंकिङ्ग सेवा पुग्न बाँकी छ ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS