काठमाडौं । जानकी फाइनान्सले आथिृक वर्ष २ण्७५ /७६ को लागि लाभांश घोषणा गरेको छ । फाइनान्सको भदौ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई २३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभंश गरी कुल २३ दशमलव १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावीत लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि लगानीकर्तामा बितरण हुने जनाएको छ ।