काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १८ हजार ५०३ कित्ता सेयर लिलामीको बोलपत्र आज खोलिने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल, काठमाडौंमा दिउँसो ४ बजे बोलपत्र खोलिने जनाएको छ ।
जनउत्थान सामुदायि लघुवित्तले भदौ १० गतेबाट १७ गतेसम्म सर्वसाधारण समूहको १८ हजार ५०३ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
कम्पनीले यसअघि असार १२ गतेदेखि साउन १५ गतेसम्म २ लाख ८८ हजार कित्ता (१०० प्रतिशत) हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । जसमा १८ हजार ५०३ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको हकप्रद सेयर लिलामी प्रक्रियाबाट बेचिएको हो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४ करोड २९ लाख ६८ हजार रुपैयाँ छ ।