IME Life New

देशैभरिका एटिएमको साईबर सेक्युरिटी बीमा गर्ने प्रतिवेदन राष्ट्र बैंकमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एटिएम सेवाको लागि नेवटर्क गर्ने कम्पनीको नेप्सको स्वीचिङ ह्याक गरी गलत गेटवेमार्फत १८ वटा बैंकका एटिएम कार्ड सिष्टम ह्याक भएपछि उत्पन्न परिस्थितिले बीमा क्षेत्रलाई ठूलो लाभ मिल्ने देखिएको छ ।

हालसम्म नेपालमा प्रयोगमा नआईसकेको साईबर सुरक्षा बीमा सम्बन्धमा नेपाल राष्ट्र बैंकमा पहिलो पटक कुरा उठेको छ । गत शनिबार भएको घटनापछि छानविन गर्न गठित समितिले बुझाएको प्रतिवदेनमा देशैभरिका बैंकका एटिएमहरुको साईबर सुरक्षा बीमा गर्न सुझाव दिएको हो । राष्ट्र बैंकका निर्देशक बम बहादुर मिश्रको संयोजकत्वमा गठित समितिले राष्ट्र बैंकमा बुझाएको प्रतिवेदनमा साईबर सेक्युरिटी बीमासहित सिसीटिभीको व्यवस्था हुनुपर्ने, बैंकहरुले आफ्ना एटिएम २४ सै घण्टा नियमनको व्यवस्था गर्नुपर्ने, कार्ड नेटवर्कहरुको सुपरिवेक्षण गर्नुपर्ने लगायतका दीर्घकालिन सुझाव दिएको छ भने अल्पकालिन सुझावको रुपमा कारोबार हिसाब मिलान प्लस एक दिनभित्र मिलाउने, चिप र पिन दुवै भएको कार्ड प्रयोग गर्नेलगायतको सुझावहरु दिएको छ ।

Esewa
Crest

सुझाव कार्यान्वयनमा गएमा देशैभरि तीन हजार भन्दा बढि एटिएम बुथ तथा मोबाईल बैंकिङ सुविधा लिने ७० लाखभन्दा बढि मोबाईल प्रयोगकर्ताहरुको साईबर सुरक्षा बीमाको दायराभित्र आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS