सिटिजन्स बैंक आर्थिक वर्ष २०७५/ ७६ को लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंककोे भदौ ९ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार आर्थिक वर्ष २०७५ /७६ को वितरणयोग्य मुनाफाबाट शेयरनीहरुलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजी ८ अर्ब ३७ करोड १० लाख ६४ हजार रुपैयाँको १२ प्रतिशत आउने नगद लाभांश र ३ प्रतिशत बोनश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने छ ।