काठमाडौं । मल्टिपर्पोज फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने भदौ ९ गते आज अन्तिम दिन रहेको छ । फाइनान्सले असार २३ गतेदेखि ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । फाइनान्सले साउन २६ गतेसम्म हकप्रदमा आवेदन माग गरेकोमा सो अवधिमा पूर्ण आवेदन नपरेपछि समय अवधि लम्ब्याएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद जारी गरेको हो । यस हकप्रदमा असार १० गतेसम्म कायम सदस्यहरुले आवेदन दिन सक्नेछन् । हकप्रद प्रयोजनका लागि कम्पनीले असार ११ गते बुक क्लोज गरेको थियो ।
हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँग सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।