काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर लिलामी मार्फत बिक्रि गर्ने भएको छ । संस्थाले साधारण तर्फको १८ हजार ५०३ कित्ता लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो ।
लघुवित्तले १०० प्रतिशत हकप्रद बिक्रि गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो ।
संस्थाले विक्री गर्न लागेको उक्त लिलामी शेयरमा बोलकबोल दाताले भदौ १० गतेदेखि भदौ १७ गते बैंकिङ समय भित्र नै आबेदन दिईसक्नुपर्नेछ जनाएको छ ।
बोलकबोल दाताले प्रति कित्ता न्युनतम एक सय रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम एक सय कित्ताको लागि आबेदन दिनु पर्ने छ ।
शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल तथा सिद्दार्थ बैंकका तोकिएका शाखा र लघुवित्तको बुटवल रुपन्देही स्थित कार्यालयबाट आबेदन दिन सक्नेछन ।
हकप्रद बिक्रि पछि लघुवित्तको चुक्ता पूँजी २ करोड ८८ लाख हुनेछ ।