काठमाडौं । सिभिल बैंकले ग्राहकलाई स्वास्थ्य बीमा अन्तर्गत ५५ हजार ६६४ रुपैयाँ चेकमार्फत भुक्तानी गरेको छ ।
बैंकले विर्तामोड शाखामा ‘सम्मान बचत खाता’ खोलेका ग्राहक होमकर्ण महराको स्वास्थ्य बीमा अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो ।
बैंकले ग्राहकहरुको सुविधाको लागि केही समयघि ‘सम्मान बचत खाता’मा आकर्षक ब्याजका साथै औषोधपचार खर्चमा १ लाख रुपैयाँसम्म र दुर्घटनामा मृत्यु भएमा ७ लाख रुपैयाँसम्मको बीमा सुबिधा ल्याएको थियो ।
बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकसेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।